Kathmandu Press

वादी समुदायको माग पूरा गर्न आग्रह

वादी समुदायको माग पूरा गर्न आग्रह

कर्णाली, फागुन १४ : सुर्खेतस्थित विभिन्न नागरिक संगठनले पाँच दिनदेखि आन्दोलनमा उत्रेका सीमान्तकृत वादी समुदायको माग पूरा अपिल गरेका छन्।

मानवअधिकार र खाद्य सुरक्षाका क्षेत्रमा कार्यरत संघसंगठनले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि धर्नामा बसेका ती समुदायका माग पूरा गर्न अपिल गरेका हुन्।

खेतीयोग्य जमिनको माग गर्दै दैलेख, कालीकोट, जाजरकोटलगायत जिल्लाका वादी समुदाय यही फागुन १० गतेदखि आन्दोलित छन् । मानवअधिकार क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार रक्षक सञ्जाल, फियान नेपाल, मानवअधिकार यलायन्स, खाद्य अधिकार सञ्जाल, गैरसरकारी संस्था महासंघ, समाज जागरण केन्द्रलगायतले विज्ञप्तिमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘खुला आकाशमुनि स–साना बालबालिकासहित अनिश्चितकालीन धर्नामा बसिरहेको घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पुस्तौंदेखि पिछडिएको, आधारभूत आवश्यकताबाट वञ्चित वादी समुदायका मागप्रति ऐक्बद्धता जनाउँदै माग पूरा गर्न प्रदेश सरकारसँग अपिल गर्दछौं।’

नेपालको संविधानको मौलिक हकको धारा १६ मा बाँच्न पाउने हक, धारा १८ मा समानताको हक, धारा २० मा न्यायसम्बन्धी हक, धारा २४ मा छुवाछूत तथा जातीय विभेदविरुद्धको हक, धारा २९ मा शोषणविरुद्धको हक, धारा ३१ मा शिक्षाको हक, धारा ३६ मा खाद्य सुरक्षासम्बन्धी हक, धारा ३७ मा आवासको हकलगायतका हकअधिकारको प्रत्याभूति गरे पनि वर्षौंदेखि यस समुदायले आधारभूत अधिकारसमेत उपभोग गर्न नपाएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्