Kathmandu Press

नेपालले कार्बन सञ्चितिबापत ५ अर्ब पाउने

काठमाडौं, फागुन १२ : नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करिब ५ अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ।वन तथा...
नेपालले कार्बन सञ्चितिबापत ५ अर्ब पाउने

काठमाडौं, फागुन १२ : नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करिब ५ अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरिद सम्झौअनुसार नेपालले सो रकम प्राप्त गर्नेछ।

सम्झौताअनुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट  ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउनेछ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।

साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ ।

बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एसिया–प्रशान्तमा पाँचौं र विश्वव्यापी रूपमा १२औं देश हुन पुगेको छ । 

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्