Kathmandu Press

अन्तर्राष्ट्रिय स्तरमा नेपालकाे झन्डा चिनाउन महोत्सव

लहान, फागुन १४ : राष्ट्रिय झन्डालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा  यही फागुन १५...
अन्तर्राष्ट्रिय स्तरमा नेपालकाे झन्डा चिनाउन महोत्सव

लहान, फागुन १४ : राष्ट्रिय झन्डालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा  यही फागुन १५ गतेदेखि २४ गतेसम्म झन्डा मेला महोत्सव हुने भएको छ।

‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घरायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुने गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए।

सो अवसरमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृतसमेत गरिनेछ । महोत्सवमा बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा लैङ्गिक हिंसासम्बन्धी जनचेतना दिलाइनेछ । महोत्सवमा १ सय कक्ष रहने बताइएको छ ।

सूर्यचन्द्र अंकित नेपालको राष्ट्रिय झन्डालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन झन्ड महोत्सव नामकरण गरिएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ । 

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्