Kathmandu Press

सहिदकाे स्मृतिमा दिइयाे सार्वजनिक बिदा

गोरखा, फागुन १४ : बारापाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।दसवर्षे जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका दिलबहादुर रम्तेलको स्मृति दिवसका अवसर पारेर सार्वजनिक...
सहिदकाे स्मृतिमा दिइयाे सार्वजनिक बिदा

गोरखा, फागुन १४ : बारापाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

दसवर्षे जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका दिलबहादुर रम्तेलको स्मृति दिवसका अवसर पारेर सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

‘जनयुद्धका प्रथम सहिद रम्तेलको स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो,’ उनले भने, ‘जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनको जगबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको वास्तविकतालाई मनन गर्न सार्वजनिक बिदा घोषणा गरिएको हो।’

गाउँसभाको आठौं बैठकले प्रथम सहिद रम्तेलको स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक संघसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ।

यसैबीच रम्तेलको २५औं स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले गोरखामा स्मृतिसभाको आयोजना गरेको छ।

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्