सरकारी कर्मचारीको तलब २० प्रतिशत बढ्यो
काठमाडौं, जेठ १५ : सरकारले सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढाएको छ।
संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–७७ को....

काठमाडौं, जेठ १५ : सरकारले सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढाएको छ।
संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सरकारी कर्मचारीहरुको तलब २० प्रतिशतले बढाइएको जानकारी दिए। राजपत्र अंकित कर्मचारीको तलबमा भने १८ प्रतिशतमात्रै वृद्धि गरिएको छ।
सुरक्षा निकाय, संस्थान, निजामती लगायत सबै सरकारी क्षेत्रमा कार्यरत कर्मचारीको तलव वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए। देशभर ६ लाख भन्दा बढी कर्मचारी रहेको अनुमान गरिएको छ। कर्मचारीको ज्ञान, सिपको विकासमा समेत ध्यान दिने भएको छ।
प्रकाशित मिति: १८:०८ बजे, बुधबार, जेठ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











