Kathmandu Press

विमानस्थल निर्माणका लागि पौने १६ अर्ब बजेट विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले विमानस्थल निर्माणका लागि पौने १६ अर्ब बजेट विनियोजन गरेको छ।  

संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थि....

विमानस्थल निर्माणका लागि पौने १६ अर्ब बजेट विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले विमानस्थल निर्माणका लागि पौने १६ अर्ब बजेट विनियोजन गरेको छ।  

संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७६-७७ मा हवाई पूर्वाधार तर्फ १५ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा  ल्याइने भएको छ भने भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै पोखरा, निजगढ विमानस्थलका विमानस्थल निर्माण कार्य सुरु गर्ने समेत अर्थमन्त्री खतिवडाले जानकारी दिए।

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, जेठ १५, २०७६