Kathmandu Press

सार्कलाई थप सुदृढ बनाउन पाकिस्तान र श्रीलंकाको जोड

काठमाडौं, फागुन १३ : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई थप सुदृढ बनाउन पाकिस्तान र श्रीलंकाले जोड दिएका छन्।यतिबेला पाकिस्तानी प्रधानमन्त्री इमरान खान...
सार्कलाई थप सुदृढ बनाउन पाकिस्तान र श्रीलंकाको जोड

काठमाडौं, फागुन १३ : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई थप सुदृढ बनाउन पाकिस्तान र श्रीलंकाले जोड दिएका छन्।

यतिबेला पाकिस्तानी प्रधानमन्त्री इमरान खान श्रीलंकाको भ्रमणमा छन्। भ्रमण क्रममा दुबै देशले सार्कलाई थप सुदृढ बनाउनु पर्ने बताएका हुन्।

भारत र पाकिस्तानबीचको तनावले सार्क ओझेलमा परेको छ। सात वर्षयता सार्कको शिखर सम्मेलन हुन सकेको छैन।
दुवै देशको संयुक्त वक्तव्यमा सार्कको उद्देश्य अनुरुप अगाडि बढ्नुपर्ने उल्लेख छ।

वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले सार्क बडापत्रको उद्देश्य र सिद्धान्तप्रति प्रतिबद्धतामा पुनः जोड दिएका छन् र सार्क सदस्य मुलुकहरूबीच यो क्षेत्रका जनताको बृहत् भलाइका लागि निकटता बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।’ क्षेत्रीय सहयोग अभिबृद्धिका लागि सार्कलाई थप सुदृढ बनाउनुपर्ने उनीहरुको भनाइ छ।

पाकिस्तानका प्रधानमन्त्री खानले श्रीलंकाका गोटावा राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेसँगको बेग्लाबेग्लै भेटवार्तामा पनि यस विषयमा चर्चा गरेको जनाएको छ। दुवै देशले यस क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्ने प्रतिवद्धता समेत गरेका छन्।

सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा हुने तय भएको थियो। तर, भारत र पाकिस्तानबीचको तनावले हुनसकेको छैन।

प्रकाशित मिति: १८:४६ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्