Kathmandu Press

राजदूतद्वय रेग्मी र विश्वकर्माद्वारा शपथ

काठमाडौं, फागुन १३ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायत र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माले बिहीबार पद तथा...
राजदूतद्वय रेग्मी र विश्वकर्माद्वारा शपथ

काठमाडौं, फागुन १३ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायत र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माले बिहीबार पद तथा गोपनीयताको शपथ लिएक छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनीहरूले शपथ लिएका हुन्। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्