Kathmandu Press

छतबाट खसेर विद्यार्थीको मृत्यु

महेन्द्रनगर, फागुन १३ : कञ्चनपुरको भीमदत्तनगरपालिका-१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको बिहीबार छतबाट लडेर मृत्यु भएको छ।मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का...
छतबाट खसेर विद्यार्थीको मृत्यु

महेन्द्रनगर, फागुन १३ : कञ्चनपुरको भीमदत्तनगरपालिका-१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको बिहीबार छतबाट लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का १८ वर्षीय सन्तोष चौधरी छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’ प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याएको छ।

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्