रेलमार्ग निर्माणका लागि ७ अर्ब ७० करोड बजेट छुट्याइयो
काठमाडौं, जेठ १५ : सरकारले रेगमार्ग निर्माणका लागि ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा बुध....

काठमाडौं, जेठ १५ : सरकारले रेगमार्ग निर्माणका लागि ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले रेलमार्ग निर्माणका लागि ७ अर्ब ७० करोड रुपैयाँ छुट्याइएको जानकारी दिए। रेल विभागले झण्डै २० अर्ब बजेट माग गरेको भएपनि सरकारले ७ अर्ब ७० करोड रुपैयाँमात्रै विनियोजन गरेको हो।
यसअघि चालु आर्थिक वर्षका लागि सरकारले साढे ४ अर्ब बजेट विनियोजन गरेको थियो। अर्थमन्त्री डा. खतिवडाले रेलमार्ग निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए। सरकारले छुट्याएको यो बजेट रेलमार्गको जग्गा अधिग्रहण लगायतका काममा खर्च हुने अर्थमन्त्री खतिवडाले जानकारी दिए।











