Kathmandu Press

मोहनविक्रमको प्रक्षेपण : ओली समूह र कांग्रेसको सत्ता समीकरण हुन सक्छ

बुटवल, फागुन १३ : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र नेपाली कांग्रेसले सत्ता समीकरण गर्ने दाबी गरेका छन् ।प्रगतिशील पत्रकार...
मोहनविक्रमको प्रक्षेपण : ओली समूह र कांग्रेसको सत्ता समीकरण हुन सक्छ
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह । फाइल तस्बिर

बुटवल, फागुन १३ : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र नेपाली कांग्रेसले सत्ता समीकरण गर्ने दाबी गरेका छन्।

प्रगतिशील पत्रकार संघ रुपन्देहीद्वारा बिहीबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने पक्षमा रहेकाले दुवै मिलेर नयाँ सत्ता समीकरणमा जान सक्ने उनको भनाइ थियो।

एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा बन्ने खतरा रहेकाले त्यतातिर ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याए । सिंहले अब नेपालमा विदेशी शक्तिको चलखेल बढ्ने बताए । संसद् विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएकाे दाबी उनले गरे।

प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्