कोरोना संक्रमणमूक्त भयो गुल्मी
काठमाडौं, फागुन १३ : गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ । कोरोना संक्रमितको संख्या शुन्यमा झरेसँगै गल्मी संक्रमणमुक्त भएको जिल्लास्वास्थ्य कार्यालय, गुल्मीले...
काठमाडौं, फागुन १३ : गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ । कोरोना संक्रमितको संख्या शुन्यमा झरेसँगै गल्मी संक्रमणमुक्त भएको जिल्लास्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।
अहिले गुल्मीमा होम आइसोलेसनमा बस्नेको संख्या शून्य रहेको छ भने नौ सय ५२ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
गुल्मीमा अहिलेसम्म पाँच हजार ९६१ जनाको कोरोना परीक्षण गरिएकोमा ९६५ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै यस जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ जना रहेको कार्यालयले जनाएको छ ।
गुल्मीमा अहिले कोरोनाविरुद्धकोे खोप लगाउने दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । पहिलो र दोस्रो चरण गरी अहिले सम्म कुल चार हजार १७५ जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको सरकारी तत्थ्यांक छ ।
प्रकाशित मिति: १५:०७ बजे, बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











