जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप ८८ प्रतिशत प्रभावकारी
काठमाडौं, फागुन १३ : जोन्सन एण्ड जोन्सनले कम्पनीले बनाएको कोरोना विरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)का विशेषज्ञहरुले जनाएका...
काठमाडौं, फागुन १३ : जोन्सन एण्ड जोन्सनले कम्पनीले बनाएको कोरोना विरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)का विशेषज्ञहरुले जनाएका छन् ।
एफडीएले बुधबार प्रकाशित गरेको विवरणअनुसार विशेषज्ञहरुको समूहले यो खोपलाई अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो ।
यो खोप बिना लक्षण हुने संक्रमणलाई नियन्त्रण गर्न प्रभावकारी रहेको जोन्सन एण्ड जोन्सन कम्पनीले जनाएको छ । यस्तै आफ्नो खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको दावी छ ।
यो खोप कोरोनाका नयाँ प्रकार (भेरियन्ट) नियन्त्रणका लागि पनि ६६ प्रतिशत प्रभावकारी देखिएको र मानव परीक्षणको क्रममा खोपको प्रभावकारिता फरक–फरक मुलुकमा फरक–फरक पाईएको अनुसन्धनले देखाएको छ ।
प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











