Kathmandu Press

अमृत सिंहका हत्या आरोपी पुर्पक्षका लागि जेलचलान

बझाङ, फागुन १३ : बझाङका अमृत सिंहको हत्याका आरोपी पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको...
अमृत सिंहका हत्या आरोपी पुर्पक्षका लागि जेलचलान

बझाङ, फागुन १३ : बझाङका अमृत सिंहको हत्याका आरोपी पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्यामा संलग्न रहेको भन्दै पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मंगलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

पुर्पक्षका लागि कारागार चलान हुनेमा छबिसपाथिभेरा गाउँपालिका–३ का विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत छन्।

घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जयाबहादुर रोकायालाई भने १ लाख रुपैयाँ धरौटीमा रिहाइको आदेश भएको तर सो रकम तिर्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिए।

हत्याको अभियोग लागेका पाँचै जना यसअघि प्रहरी हिरासतमा थिए । गत माघ १३ गते बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो । सोही विषयलाई लिएर वडाध्यक्ष विकास ऐडी र उनका भाइसहितको टोलीले सिंहलाई खुणा प्रहार गरी हत्या गरेको बताइएको छ । 

प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्