Kathmandu Press

सबैभन्दा धेरै बजेट सडक पूर्वाधारमा, १ खर्ब ६३ अर्ब बजेट छुट्याइयो 

काठमाडौं, जेठ १५ : सरकारले सबैभन्दा धेरै बजेट सडक पूर्वाधारमा छुट्याएको छ।

 संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६&nd....

सबैभन्दा धेरै बजेट सडक पूर्वाधारमा, १ खर्ब ६३ अर्ब बजेट छुट्याइयो 

काठमाडौं, जेठ १५ : सरकारले सबैभन्दा धेरै बजेट सडक पूर्वाधारमा छुट्याएको छ।

 संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भौतिक पूर्वाधारतर्फ एक  खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

उनले आगामी आर्थिक वर्षभित्र सडकको दायाँबायाँ खाली स्थानमा हवाई जहाज अवरतण गर्न सकिने खालका सडक निर्माण गरिने जानकारी दिए। यस्तै,  पानी जहाज, रेललगायत निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ।

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, जेठ १५, २०७६