Kathmandu Press

घुस लिएको आरोपमा प्रहरी निरीक्षक पक्राउ

बुटवल, फागुन १३ : घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षकसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा–३ लोन्डिहवास्थित सशस्त्र प्रहरी कार्यालयका प्रमुखसमेत...
घुस लिएको आरोपमा प्रहरी निरीक्षक पक्राउ

बुटवल, फागुन १३ : घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षकसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा-३ लोन्डिहवास्थित सशस्त्र प्रहरी कार्यालयका प्रमुखसमेत रहेका प्रहरी निरीक्षक दधिराम पौडेल र प्रहरी नायब निरीक्षक राजेश पासी छन्।

फर्निचर उद्योग सञ्चालनका लागि सजिलो गराइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, फागुन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्