Kathmandu Press

निर्माणमा ढिलासुस्ती गरेकाे भन्दै सडक अवरुद्ध    

कर्णाली, फागुन १३ : ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्।वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ...
निर्माणमा ढिलासुस्ती गरेकाे भन्दै सडक अवरुद्ध    

कर्णाली, फागुन १३ : ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्।

वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पार्न बाध्य भएको बताए। स्थानीयवासीले सडकमा ठूल्ठूला ढुंगा राखेर, तारजाली लगाएर सडक अवरुद्ध पारेका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाका अनुसार पिके कन्ट्रक्सनले निर्माण जिम्मेवारी लिएको उक्त सडकको आगामी चैत मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्नेछ । गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कार्यादेश भए पनि कोभिड–१९ का कारण निर्माण कार्यमा असर पुगेको भन्दै ठेकेदारले आगामी चैत मसान्तसम्म म्याद थपको अनुमति लिएका छन्।

स्थानीय कुसुम रावलले मुख्य सडककै स्तरोन्नतिमा ढिलाइ हुँदा आफूहरु बाध्य भएर बाटो नै बन्द गरेको बताइन्। निर्माण व्यवसायीले तत्काल निर्माणको काम अघि नबढाउँदासम्म सडक सञ्चालन गर्न नदिने चेतावनी उनले दिइन् । प्रदेश सरकारको आर्थिक सहयोगमा वीरेन्द्रनगर उपत्यकाभित्र विभिन्न ३६ सडकको निर्माण तथा स्तरोन्नति कार्य भइरहेको छ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले ठेकेदारलाई तत्काल पानी छर्केर धूलो व्यवस्थापन गर्न लगाउने बताए ।    

प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, फागुन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्