Kathmandu Press

लमजुङकाे पाचोक गाउँमा पहिलाेपटक बिजुली

लमजुङ, फागुन १३ : दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो...
लमजुङकाे पाचोक गाउँमा पहिलाेपटक बिजुली

लमजुङ, फागुन १३ : दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले बुधबार पहिलोपटक बिजुली पुर्याएको हो

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकको घरमा बिजुली पुर्याउने जानकारी दिए ।  

उनले गाउँमा ‘एक घर एक धारा’ छिट्टै निर्माण गरिने बताए । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, पूर्वसंविधानसभा सदस्य जमिन्द्रमान घले, गाउँपालिका अध्यक्ष ओमलाल गुरुङ, वडाध्यक्ष फत्तबहादुर गुरुङ, प्राधिकरण वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङ र स्थानीय अगुवा शेरबहादुर तामाङले पूर्वाधार विकासमा जोड दिएका थिए । 

प्रदेशको भौतिक मन्त्रालयका सहयोगमा प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याएको थियो । यहाँका ६५ घरमा बिजुली बलेको छ । गाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीयवासी हर्षित  छन् ।

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्