Kathmandu Press

‘युरोरडिस फोटो अवार्ड’ मा नेपाल दोस्रो

काठमाडौं, फागुन १३ : ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान हासिल गरेको छ।दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवनशैलीलाई उजागार...
‘युरोरडिस फोटो अवार्ड’ मा नेपाल दोस्रो

काठमाडौं, फागुन १३ : ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान हासिल गरेको छ।

दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवनशैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन् । बुधबार बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनीले दोस्रो स्थानमा पर्न सफल भएका हुन्।

विभिन्न ३० मुलुकका ४ सयभन्दा बढी फोटो पत्रकारका दुई हजार ७३  फोटो प्रतियोगितामा समावेश थिए ।  प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भए।

सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस इम्पेर्फेक्टा-ओआई) बाट पीडित आफ्नै छोरा अनिमेसलाई ह्विलचियरका सहायताले विद्यालय पुर्याउँदै गरेको फोटो छामिछानेले प्रतियोगिताका लागि पठाउका थिए।

एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ । लामिछानेको फोटोले ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश दिएको थियो।

फोटो माध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउन सफल भएकोमा लामिछानेले खुसी व्यक्त गरे । फोटोका माध्यमबाट ओआई रोगबारे स्वदेश र विदेशमा जनचेतना अभिवृद्धि गर्न आफ्ना लागि महत्वपूर्ण उपलब्धि भएको  उनले बताए।  

प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, फागुन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्