ऊर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन
काठमाडौं, जेठ १५ : सरकारले ऊर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा बुधबार....
काठमाडौं, जेठ १५ : सरकारले ऊर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले ऊर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए। उनले प्रत्येक प्रदेशमा २ वटा ठूला आयोजना निर्माणका लागि योजना छनोट यसै वर्ष संचालन गरिने पनि बताए।
विद्युत नियगमन आयोगलाई क्षमता विकासमा विशेष जोड दिइने छ। नेपालका लागि जनताको लगानी १८ आयोजना निर्माणबाट ३५ सय मेगावाट क्षमताको आयोजना निर्माणको काम सुरु गरिने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए।
बूढीगण्डकी आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, आगामी वर्षभित्र एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ।






