Kathmandu Press

खानेपानी र सरसफाइमा दशककै सबैभन्दा बढी बजेट

काठमाडौ, जेठ १५ : खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ 

विभिन्न अधुरा खानेपानी आयोजनालाई पूर्णता द....

 खानेपानी र सरसफाइमा दशककै सबैभन्दा बढी बजेट
काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौ, जेठ १५ : खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ 

विभिन्न अधुरा खानेपानी आयोजनालाई पूर्णता दिन तथा नयाँ आयोजना सुरु गर्न उक्त बजेट विनियोजन गरिएको हाे। बजेटमा खुल्ला दिसामुक्त अभियान र पूर्ण सरसफाइ अभियानलाई जोड दिइएको छ। गत आर्थिक वर्षको भन्दा झण्डै दोब्बरले बजेट बढेको छ।

गत आर्थिक वर्षमा २०७५–०७६ मा खानेपानी र सरसफाइका लागि सरकारले २४ अर्ब ५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो।  

खानेपानी र सरफाइका क्षेत्रमा गणतन्त्र स्थापना भएपछिका पछिल्ला १० वर्षमा सरकारले खानेपानी र सरसफाइका नाममा ६० अर्ब भन्दा बढी रकम खर्च गरिसकेको छ।

आर्थिक वर्ष २०६५–०६६ सालमा १ अर्ब ७९ करोड रकम विनियोजन भएकोमा १ अर्ब ७० करोड बजेट खर्च भएको थियो। 

त्यसको ठीक तेस्रो वर्षमा आइपुग्दा खानेपानी र सरसफाइ क्षेत्रमा भएको पूँजीगत खर्च बढेर २ अर्ब ७ करोड पुगेको थियो। त्यसपछिका आर्थिक वर्षमा खानेपानी र सरसफाइ क्षेत्रको खर्च क्रमशः बढ्दै आर्थिक वर्ष २०७०–०७१ मा आइपुग्दा ५ अर्ब २३ करोड पुगेको थियो। यसैगरी आर्थिक वर्ष २०७३÷०७४ मा झण्डै तेब्बरभन्दा बढीले खर्च बढ्दै १६ अर्ब ३४ करोड पुगेको थियो। 

पछिल्ला वर्षमा थोरै अन्तरले बढिरहेको बजेट आगामी आर्थिक वर्षका लागि भने ह्वात्तै बढाइएको हो।  

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, जेठ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्