Kathmandu Press

केटु आरोहण टोलीलाई सेनाको सम्मान

काठमाडौं, फागुन १२ : संसारको दोस्रो उच्च शिखर केटुको हिउँदे याममा आरोहण गर्ने नेपाली टोलीलाई सेनाले सम्मान गरेको छ।बुधबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा...
केटु आरोहण टोलीलाई सेनाको सम्मान

काठमाडौं, फागुन १२ : संसारको दोस्रो उच्च शिखर केटुको हिउँदे याममा आरोहण गर्ने नेपाली टोलीलाई सेनाले सम्मान गरेको छ।

बुधबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्मान गरेका हुन्। प्रधानसेनापति थापाले आरोहण टोलीको प्रसंशा गरेका थिए।

कार्यक्रममा टोलीका टिम लिडर निर्मल पुर्जाले अनुभव सुनाएका थिए। कार्यक्रममा पर्यटन विभाग र पर्यटन बोर्डका सदस्यहरुको पनि उपस्थिति रहेको थियो।

पाकिस्तानमा रहेको केटु हिमालको उचाइ ८६११ मिटर रहेको छ। यो हिमालको हिउँदे याममा अहिलेसम्म आरोहण भएको थिएन्। पहिलो पटक नेपाली टोलीले आरोहण गरेको हो।

प्रकाशित मिति: २०:११ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्