Kathmandu Press

ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा.जोशी

काठमाडौं, फागुन १२ : काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त भएका छन्।बुधबार एक समारोहबीच डा. जोशीले...
ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा.जोशी

काठमाडौं, फागुन १२ : काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त भएका छन्।

बुधबार एक समारोहबीच डा. जोशीले पदभार ग्रहण गरेका छन्। ॐ अस्पताल संचालक समितिका अध्यक्ष समेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिस्ट डा. आनन्दप्रसाद श्रेष्ठले उनलाई स्वागत गरेका थिए।

अध्यक्ष डा. श्रेष्ठले नवनियुक्त डाइरेक्टर डा. जोशी दक्ष चिकित्सकका साथै कुशल व्यवस्थापक समेत रहेको बताउँदै उनको नेतृत्वमा अस्पतालको चिकित्सा सेवा थप ब्यवस्थित र सुदृढ हुने विश्वास ब्यक्त गरे।

नवनियुक्त मेडिकल डाइरेक्टर डा. जोशीले ॐ अस्पताल नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणि सेवा प्रदायक भएको बताउँदै अब समय सापेक्ष सुधारसँगै अघि बढ्ने बताए।

प्रकाशित मिति: १९:५४ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्