Kathmandu Press

मुलुकको समृद्धिका लागि स्थिरता आवश्यक छः अध्यक्ष गोल्छा

पर्वत, फागुन १२ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व हुनुपर्ने बताएका छन्।पर्वत उद्योग वाणिज्य सङ्घको...
मुलुकको समृद्धिका लागि स्थिरता आवश्यक छः अध्यक्ष गोल्छा

पर्वत, फागुन १२ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व हुनुपर्ने बताएका छन्।

पर्वत उद्योग वाणिज्य सङ्घको २८औँ साधारण सभा तथा १७औँ अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भएमा मात्र समृद्धिको वातावरण बन्ने बताए।

अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक विकासका थुप्रै सूचकको प्रचुर सम्भावना रहे पनि लगानीको अभाव रहेको बताउँदै अस्थिरताका कारण जोखिम बढ्दै गएको बताए। 'जबसम्म मुलुकले राजनीतिले स्थायित्वको मार्ग पक्डदैन, मुलुकको समृद्धिका लागि राजनीतिक दलहरु एकजुट हुन सक्दैनन्, तबसम्म उद्योग, कलकारखानामा लगानी गर्न कोही पनि तयार हुँदैन,' अध्यक्ष गोल्छाले भने, 'व्यवसायीको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्दछ।'

उनले राज्यले लगानीको सुनिश्चितता गर्ने, लगानीकर्तालाई प्रवर्द्धन गर्ने र उनीहरुको सुरक्षाको ग्यारेन्टी लिनुपर्नेमा जोड दिए।

उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकका उद्योगी, व्यवसायीको सुरक्षाका लागि महासङ्घ निरन्तर सक्रिय रहेको बताउँदै निजी क्षेत्रनै मुलुकको समृद्धिको प्रमुख साझेदार रहेको बताए। राज्यले जिम्मेवारी लिने हो भने लगानीको अभाव नहुने उललेख गर्दै उनले उद्योग, पर्यटन, कृषि क्षेत्रको लगानीबाट नै मुलुक समृद्ध बन्न सक्ने बताए।

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्