Kathmandu Press

नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः नेता पाण्डे

चितवन, फागुन १२ : नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन्।नेकपा चितवनले आयोजना गरेको विजय...
नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः नेता पाण्डे

चितवन, फागुन १२ : नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन्।

नेकपा चितवनले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको पुष्टि भएको बताएका हुन्। 'सर्वोच्चको निर्णयले लोकतन्त्र र संविधान बचाउन सफल भएको छ,' उनले भने, 'प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिको प्रयासले प्रतिगमन पराजित भएको छ। सर्वोच्च अदालतले न्यायपूर्ण आन्दोलनलाई बचाएको छ, न्यायमूर्तिलाई सलाम छ।'

नेता पाण्डेले चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उल्लेख गर्दै हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाइने बताए। नेकपाको मूलधार अध्यक्षद्वय प्रचण्ड र नेपालले समातेको भन्दै उनले बाटो बिराएर गएकालाई घर फर्कनसमेत आग्रह गरे।

उनले भने, 'सर्वोच्चले मूलधार यही हो भनेर पुष्टि गरिसकेको छ। आउनु हामीसँगै जाउँ।' नेकपालाई एकजुट बनाएर लैजाने समय आएको उनको भनाइ थियो।

नेकपा बाग्मती प्रदेश अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको बताए।

नेकपा केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संविधानको रक्षाका लागि अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताइन्।

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, फागुन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्