Kathmandu Press

पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन १२ : बुधबार नेपालमा थप ९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा...
पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन १२ : बुधबार नेपालमा थप ९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमित थपिएका हुन् । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ।

पछिल्लो २४ घन्टामा ७१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार १३९ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६६ पुगेको छ। 

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्