पर्यटन क्षेत्रका लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन
काठमाडौं, जेठ १५ : सरकारले आर्थिक वर्ष २०७६-७७ मा पर्यटन क्षेत्रमा २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसद....

काठमाडौं, जेठ १५ : सरकारले आर्थिक वर्ष २०७६-७७ मा पर्यटन क्षेत्रमा २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६-७७ मा पर्यटन क्षेत्रमा २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
यस्तै, सरकारले हिमालय हरित पदमार्ग निर्माण पनि गर्ने भएको छ। पश्चिमको दर्चुलादेखि पूर्वसम्म हिमालय हरित पदमार्ग निर्माण गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए।
प्रकाशित मिति: १७:१० बजे, बुधबार, जेठ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











