Kathmandu Press

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ

काठमाडाै‌‌, फागुन १२ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताएका छन्।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम...
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ

काठमाडाै‌‌, फागुन १२ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को बुधबार आयोजित ३३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीबाट कुनै हालतमा राजीनामा नआउनने दाबी गरेका हुन्।

संसद चल्न थालेपछि प्रक्रियाअनुसार अघि बढ्ने र त्यसैका आधारमा प्रधानमन्त्री परिस्थितिको सामना गर्ने उनको भनाइ थियो । उनले अदालतले संसद् विघटन बदर गरेर अदालतले झनै विवाद बढाएको तर्क गरे। तथापि अदालतको निर्णयलाई पार्टीले सम्मान गर्ने उनले स्पष्ट पारे।

आफूहरू जनताबाट आएकाले अहिलेको संकटकालीन अवस्थाको मूल्यांकन पनि जनताले नै गर्ने उनको भनाइ थियो । उनले  फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने दाबी गरे।

प्रकाशित मिति: १४:२४ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्