राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब बजेट विनियोजन
काठमाडौं, जेठ १५ : सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब रुपैयाँ बजेट छुट्याएको छ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६&ndash....

काठमाडौं, जेठ १५ : सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब रुपैयाँ बजेट छुट्याएको छ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
यस्तै, सरकारले सुनसरी, मोरङ तथा नारायणी लिफ्ट सिचाईं आयोजना सञ्चालन गर्ने भएको छ। सौर्य उर्जासमेतको उपयोग गरी लिफ्ट सिचाईं सुरु गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए। यस्तै, तराई मधेसमा समयोजनात्मक रुपमा विकास गर्न समृद्ध तराई मधेस सिचाईं कार्यक्रमका लागि ९६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए।











