Kathmandu Press

भारत जाँदा पीसीआर रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने 

काठमाडौं, फागुन १२ : हवाइमार्गबाट भारत भ्रमणमा जाने सबै यात्रुलाई  पीसीआर परिक्षण अनिवार्य गरिएको छ । भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले नेपालबाट भारत जाने...
भारत जाँदा पीसीआर रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने 

काठमाडौं, फागुन १२ : हवाइमार्गबाट भारत भ्रमणमा जाने सबै यात्रुलाई  पीसीआर परिक्षण अनिवार्य गरिएको छ । 

भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले नेपालबाट भारत जाने यात्रुका लागि पीसीआर परिक्षणका नेगेटिभ रिपोर्ट अनलाइनमा अपलोड गरेपछि मात्र यात्रा गर्न पाइने निर्णय गरेको छ । 

यसअघि पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम लिएर गएमा भारत यात्रा गर्न अनुमति दिइन्थ्यो । अब भने यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले बनाएको छ । 

पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम नयाँ दिल्लीस्थित विमानस्थलको वेबसाइटमा गएर अपलोड गर्न सकिनेछ ।

भारतका लागि नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले लागि उडान भर्दै आएका छन् । 


 

प्रकाशित मिति: १२:५० बजे, बुधबार, फागुन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्