खानेपानी र सरसफाइको बजेटमा १० वर्षमा सबैभन्दा बढी अन्तरले बृद्धि
काठमाडौं, जेठ १५ : सरकारले खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
चालू आर्थिक वर्षमा २०७५&divi....
काठमाडौं, जेठ १५ : सरकारले खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
चालू आर्थिक वर्षमा २०७५÷०७६ मा खानेपानी र सरसफाइका लागि सरकारले २४ अर्ब ५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । खानेपानी र सरसफाइका क्षेत्रमा गणतन्त्र स्थापना भएपछिका पछिल्ला १० वर्षमा सरकारले खानेपानी र सरसफाइका नाममा ६० अर्ब भन्दा बढी रकम खर्च गरिसकेको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन्। जसमा मेलम्ची खानेपानी आयोजनाका लागि मात्रै ७ अर्ब ३९ करोड विनियोजन गरिएको छ।
विभिन्न अधुरा खानेपानीका आयोजनालाई पूर्णता दिन तथा नयाँ आयोजना र सरसफाइलाई पूर्णता दिनका लागि उक्त बजेट विनियोजन गरिएको छ ।
बजेटमा खुल्ला दिसा मुक्त अभियान र पूर्ण सरसफाइ अभियानलाई जोड दिइएको छ । यो क्षेत्रमा चालू आथिृक वर्षको भन्दा झण्डै दोब्बरले बजेट बढेको छ ।
आर्थिक वर्ष २०६५÷०६६ सालमा १ अर्ब ७९ करोड रकम विनियोजन भएकोमा १ अर्ब ७० करोड बजेट खर्च भएको थियो । त्यसको ठिक तेस्रो वर्षमा आइपुग्दा खानेपानी र सरसफाइ क्षेत्रमा भएको पूँजीगत खर्च बढेर २ अर्ब ७ करोड पुगेको थियो । त्यसपछिका आर्थिक वर्षमा खानेपानी र सरसफाइ क्षेत्रको खर्च क्रमशः बढ्दै आर्थिक वर्ष २०७०÷०७१ मा आइपुग्दा ५ अर्ब २३ करोड पुगेको थियो ।
यसैगरी आर्थिक वर्ष २०७३÷०७४ मा झण्डै तेब्बरभन्दा बढीले खर्च बढ्दै १६ अर्ब ३४ करोड पुगेको थियो । पछिल्ला वर्षमा थोरै अन्तरले बढिरहेको बजेट आगामी आर्थिक वर्षका लागि भने ह्वात्तै बढाइएको हो ।






