Kathmandu Press

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिए संसदबाटै कारबाही गरिन्छ : रावल

कैलाली, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिए संसद् अधिवेशन सुरु...
प्रधानमन्त्रीले तत्काल राजीनामा नदिए संसदबाटै कारबाही गरिन्छ : रावल

कैलाली, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिए संसद् अधिवेशन सुरु भएलगत्तै कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रचण्ड–नेपाल समूहको सुदूरपश्चिम कमिटीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्थायी समिति सदस्यसमेत रहेका नेता रावलले बुधबार प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला आउनेबित्तिकै राजीनामा नदिएर गल्ती गरेको टिप्पणी गरे।

संविधानको अपव्याख्या गरी देशलाई दुर्घटनातर्फ लैजाने ओली प्रयास असफल भएको उल्लेख गर्दै उनले सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई बदर गरेर नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक फैसला गरेको बताए। 

प्रकाशित मिति: १२:४४ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्