Kathmandu Press

टाइगर उड्सको कार दुर्घटना, खुट्टामा गम्भीर चोट

टाइगर उड्सको कार दुर्घटना, खुट्टामा गम्भीर चोट

काठमाडौं, फागुन १२ : गल्फका स्टार खेलाडी टाइगर उड्स सडक दुर्घटनामा परेका छन् । अमेरिकी गल्फर उड्स क्यालिफोर्नियाको लस एन्जल्स नजिकै रान्चो पालोस भर्डेसमा कार दुर्घटनामा परेर घाइते भएका हुन् ।

उडको खुट्टामा गम्भीर चोट लागेको बताइए छ । उनको खुट्टाको शल्यक्रिया भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्। 

परम्भिक रिपोर्ट अनुसार तीव्र गतिका कारण उनको दुर्घटना भएको बताइएको छ । उनको कार सडकबाट उछिटिएर तल झरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

गल्फको मुख्य प्रतियोगितामा १५ पटकको च्याम्पियन उडको दुर्घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ। उनको कारको अगाडि र पछाडिको भाग क्षतिग्रस्त बनेकोछ।
 

प्रकाशित मिति: ११:४२ बजे, बुधबार, फागुन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्