Kathmandu Press

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याइयो

काठमाडौं, जेठ १५ : सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

संघीय संसदको संय....

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याइयो

काठमाडौं, जेठ १५ : सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

अर्थमन्त्री खतिवडाले श्रम तथा रोजगार क्षेत्रका लागि ७ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिए। सोही क्षेत्र अन्तर्गत  प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि पर्दछ।
 

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, जेठ १५, २०७६