Kathmandu Press

सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको छ : डा.कोईराला

काठमाडौं, फागुन ११ : नेपाली कांग्रेस नेता डा.शेखर कोईरालाले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा भएको बताएका छन्।उनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेका छन्।...
सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको छ : डा.कोईराला

काठमाडौं, फागुन ११ : नेपाली कांग्रेस नेता डा.शेखर कोईरालाले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा भएको बताएका छन्।

उनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेका छन्। डा. कोइरालाले भने, 'आजको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको छ।'

यो फैसलासँगै देश स्थिरतातर्फ लागेको उनको भनाइ छ। उनले ट्वीट गर्दै भनेका छन्, 'देश राजनीतिक स्थिरता तर्फ लागेको छ । अदालत दबाबमा नपर्दा आम जनसमुदायमा न्यायलय प्रति गर्व भएको छ।'

 

 

प्रकाशित मिति: २०:०० बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्