स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड विनियोजन
काठमाडौं, जेठ १५ : सरकारले स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा आर....
काठमाडौं, जेठ १५ : सरकारले स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा लागु गरी यसको उपचार सम्बन्धीत स्थानीय तहमै दिइने भएकाले यसका लागि ६ अर्ब बिनियोजन गरिएकोछ।
महिलाहरूमा बढ्दो स्तन क्यान्सरको उपचार निशुल्क गर्न आवश्यक बजेट खोप अभियानलाई अझै प्रभावकारी बनाइने भएकोछ।
बिपन्न नागरिकलाई ८ प्रकारका जटिल रोगको उपचारका लागि अनुदानमा बृद्धी गरी रु २ अर्व २० करोड पु¥याएको छ।
गर्भवती महिलालाई स्वास्थ्य संस्थामा प्रसुती गर्न यातायात खर्च २ अर्ब २२ करोड बिनियोजन गरिएकोछ।
बाल स्वास्थय तथा पोषण कार्यक्रमका लागि रु ६ अर्ब बिनियोजन गरेको छ।
मुलुक भरका करिब ५२ हजार महिला स्वास्थ्य स्वयमसेबिकालाई वार्षिक रुपमा यातायात खर्चको लागि १५ करोड बिनीयोजन गरिएको छ।
क्षयरोग, यौनरोग तथा एड्स लगायतका कार्यक्रमका लागि १ अर्ब ८२ करोड बिनियोजन गरिएको छ। स्थानीय तह प्रदेश र विभिन्न संघसस्था सेवाका कार्यक्रमलाई साझेदारी गर्न १ आधारभुत स्वास्थ्य सेवा सबै स्थानीय तहमा प्रदान गर्न स्थानीय तहको लागत सहभागीतामा स्वास्थ्य संस्था निर्माण गर्न ५ अर्व बिनीयोजन गरिएको छ।
निर्माणधिन स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न गर्न ५ अर्व ५७ करोड , १५ शैयाको प्राथमिक अस्पताल निर्माण गर्न १ अर्ब २६ करोड, कोशी, भरतपुर भेरी, डडेल्धराको अस्पतालको स्तर बृद्धी गर्न १ अर्ब बिनियोजन गरिएको छ।
राजबिराजमा रामराजा स्वास्थ्य प्रतिष्ठानको स्थापना गर्न ४० करोड, बिनियोजन गरिएको छ। बिर अस्पताललाई अन्तराष्ट्रिय स्तरको बिशीष्टीकृत सेवा सहीतको उत्कृष्टता केन्द्रको रुपमा बिकास गर्न भक्तपुरको दुवाकोटमा बिर अस्पतालको सेवा बिस्तारका लागि रु ४० करोड बिनीयोजन गरिएको छ।






