शिक्षा तथा विज्ञान तथा प्रविधिका क्षेत्रमा उल्लेख्य बजेट वृद्धि
काठमाडौं, जेठ १५ : सरकारले शिक्षा क्षेत्रका लागि एक खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा आर्थि....
काठमाडौं, जेठ १५ : सरकारले शिक्षा क्षेत्रका लागि एक खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६÷७७ का लागि शिक्षातर्फ १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
शिक्षा तथा विज्ञान तथा प्रविधिका क्षेत्रमा उल्लेख्य बजेट वृद्धि भएको छ। चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कूल ४६ अर्ब ५३ करोड ६४ लाख बजेट विनियोजन भएको थियो।
बजेटले नियमित विद्यालय जान नसक्नेलाई विद्यालय जान प्रेरित गर्ने, सामुदायिक शिक्षामा जोड दिने, बालबालिका विद्यालय पठाउनका लागि विभिन्न अभियान चलाउने घोषणा गरेको छ। यस्तै हरेक विद्यालयमा एक खेलको अवधारण पनि सरकारले ल्याउको छ। चिनौं आफ्नै माटो, बनाऔं आफ्नै देश भन्ने नाराका साथ सरकारले कृषि शिक्षामा जोड दिएको छ। यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ।
यस्तै प्राथमिक विद्यालयमा रंगीन पाठ्यक्रमलाई जोड दिँदै २ अर्ब २१ करोड रकम विनियोन गरिएको छ। यस्तै उच्च शिक्षा अनुदानमा बृद्धि गर्दै १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ। सरकारले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७४-०७५ मा शिक्षा क्षेत्रमा ६६ अर्ब १२ करोड बजेट विनियोजन गरिएको थियो।
यस्तै, तीन सय विद्यालय भवन निर्माण गर्न ८ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए।






