Kathmandu Press

प्रधानमन्त्री ओलीलाई काङनाम विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि उपाधि

काठमाडाैं, जेठ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्रिक गणतन्त्र कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ....

प्रधानमन्त्री ओलीलाई काङनाम विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि उपाधि

काठमाडाैं, जेठ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्रिक गणतन्त्र कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ।

बुधबार आयोजित विशेष समारोहमा विश्वविद्यालयका अध्यक्ष शिनिल युनले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका हुन्। नेपालको राजनीतिक परिवर्तनका लागि प्रधानमन्त्री ओलीले गरेका योगदानको सम्मानमा विश्वविद्यालयले उहाँलाई ‘राजनीतिशास्त्र’मा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो। 

उपाधि ग्रहणपछि प्रधानमन्त्री ओलीले विश्वविद्यालयले प्रदान गरेको उपाधि नितान्त व्यक्तिगत रुपमा आफूलाई गरिएको सम्मान नभई राजनीतिक परिवर्तनका लागि नेपाली जनताले गरेको बलिदानीपूर्ण सङ्घर्षको सम्मान भएको बताए। उपाधिका लागि आफू र नेपाली जनताका तर्फबाट धन्यवाद दिँदै उनले विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी सबैमा शुभकामना व्यक्त गरे। उनले भने,“जुन विश्वासका साथ विश्वविद्यालयले सम्मान गरेको छ, त्यो विश्वास तलमाथि पर्दैन, अझ अगाडि बढाइने छ।”

मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने कार्यले दुवै देशलाई एकार्कालाई सम्मान गर्ने परिपाटीको विकास गर्न झक्झक्याएको उनको भनाइ थियो। प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका कुलपति र कामनाङ विश्वविद्यालयको विद्यार्थीको हैसियतले दुबै विश्वविद्यालयको सम्बन्ध विस्तार गर्न आफू लागिपर्ने बताए।  नेपाल र  गणतन्त्र कोरिया तथा दुई विश्वविद्यालयबीच घनिष्ठ सम्बन्ध रहिआएको उल्लेख गर्दै उनले आउँदा दिनमा दुई देश र विश्वविद्यालयबीचको सम्बन्ध थप दरिलो बन्ने बताए।  

दक्षिण कोरियाले गरेको विकासबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै सिक्न सक्ने बताए। सही दृष्टिकोण, नीति, सङ्कल्प र प्रयासलाई अगाडि बढाइयो भने छोटो समयमै विकास गर्न सकिन्छ भन्ने कोरियाको उदाहरणबाट पुष्टि भएको उल्लेख गर्दै उनले भने,“हामी आफैँ विकास गर्न सक्छौँ, विकासका थुप्रै मोडलमध्ये दक्षिण कोरियाको मोडल पनि उपयुक्त छ, दक्षिण कोरियाको विकासबाट धेरै कुरा सिक्दैछौँ।”

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, जेठ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्