Kathmandu Press

क्लासिक टेकको १००औं आउटलेट कलंकीमा 

काठमाडौं, फागुन १० : नेटवर्क सेवा प्रदायक कम्पनी, क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा व्स्तिार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु, चन्द्रागिरि क्षेत्र,...
क्लासिक टेकको १००औं आउटलेट कलंकीमा 

काठमाडौं, फागुन १० : नेटवर्क सेवा प्रदायक कम्पनी, क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा व्स्तिार गरेको छ । 

कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु, चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो सेवा दिइरहेको छ । यसै ठाउँहरुको भित्री सानो–सानो ठाउँमा समेत सेवा सुविधा बढाउने उद्देश्यले कलंकीमा आउटलेट विस्तार गरेको कम्पनीले जनाएको छ ।

१०० औं आउटलेटको रुपमा बिस्तार गरिएको यससँगै हरेक आउटलेटमा बिलिङ कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको कम्पनीले जनाएको छ । क्लासिक टेकले अहिले सम्म ५१ वटा आउटलेट विस्तार गरी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउन आउटलेट खोलेको उनीहरूको भनाइ छ, भनेसानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।

कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट सेवाहरु दिँदै आईरहेको छ भने यो आर्थिक वर्षभित्र एफटिटिएचको माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि एक सय वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ । यसै महिना पश्चिममा नेपालगंज, पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा रहेको कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर विनय कुमार अधिकारी बताउँछन् ।

कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केहि महिनाको लागि २० एमबीपीएस इन्टरनेट र आईपीटिभी मात्र सात सय ९९ प्रति महिनामा उपलब्ध गराईरहेको छ यस्तै एक वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशत सम्म नगद छुट र साथमा २ महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकहरुलाई प्रदान गरिरहेको छ ।
 

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्