भन्सार छली ल्याएको २ लाख ५५ हजार बराबरको कपडा बरामद

काठमाडौं, फागुन १० : महानगरी प्रहरी प्रभाग नागढुंगाले भन्सार छली ल्याएको कपडा बरामद गरेको छ।
चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुंगास्थित चेक जाँचको क्रममा महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ३४३३ नम्बरको बसमा भन्सार छली ल्याएको कपडा बरामद गरेको हो।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतले अन्दाजी २ लाख ५५ हजार मूल्यको कपडा बरामद गरिएको बताए ।
प्रहरी उपरीक्षक वस्नेतका अनुसार कुर्था २८३ थान ,सुरुवाल ८३ थान र कुर्था सुरुवालसेटको कपडा १४४ थान गरी जम्मा ५१० थान, २ लाख ५५ हजार बराबरको कपडा रहेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटले बरामद गरेको सामग्री आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय सानो गौचरण पठाईएको छ ।
प्रकाशित मिति: १७:१५ बजे, सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











