Kathmandu Press

आज थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन १० ः सोमबार नेपालमा थप १२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ३६८१ मा कोरोना परीक्षण गर्दा १२५...
आज थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन १० ः सोमबार नेपालमा थप १२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घन्टामा ३६८१ मा कोरोना परीक्षण गर्दा १२५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ।

पछिल्लो २४ घन्टामा ९० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ९६६ पुगेको छ।

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्