Kathmandu Press

प्रधानमन्त्रीबाट दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास

कञ्चनपुर, फागुन १० : प्रधानमन्त्री केपी ओलीले सोमबार दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले अब मुलुकमा औद्योगिक क्षेत्र...
प्रधानमन्त्रीबाट दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास

कञ्चनपुर, फागुन १० : प्रधानमन्त्री केपी ओलीले सोमबार दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले अब मुलुकमा औद्योगिक क्षेत्र निर्माणले तीव्रता लिने बताए।

कञ्चनपुरको वेदकोट नगरपालिका–२ र ३ मा उक्त औद्योगिक क्षेत्र बन्नेछ। ९ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र बनाइसक्ने योजना छ। दैजी छेला औद्योगिक क्षेत्र बनाउन भन्दै २०५२ सालमै बजेट विनियोजन भएको थियो। तर पटकपटक निर्माणको पहल हुँदै आए पनि वन मन्त्रालयबाट प्रस्ताव पारित हुन सकेको थिएन। चालू आर्थिक वर्षमा आएर मात्रै सो मन्त्रालयले त्यसका लागि स्वीकृति दिएको हो।

प्रधानमन्त्रीबाटै शिलान्यास भएको हुँदा सो औद्योगिक क्षेत्रको निर्माणले तीव्र गति लिने आशा स्थानीयले राखेका छन्। ४ सय बिघा जग्गामा भौतिक संरचना बन्ने सो औद्योगिक क्षेत्रको डिपिआरअनुसार त्यहाँ १ सय २४ प्लटमा साना, मझौला र ठूला गरी १ सय १७ वटा उद्योग स्थापना हुनेछन्। 

प्रकाशित मिति: १६:१७ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्