गाडीदेखि फलफूलसम्मको आयात रोक्ने तयारी
काठमाडौं, माघ १३ : शोधनान्तर घाटा बढेसंगै सरकारले महँगा गाडीदेखि फलफूलसम्मको आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
नेप....
काठमाडौं, माघ १३ : शोधनान्तर घाटा बढेसंगै सरकारले महँगा गाडीदेखि फलफूलसम्मको आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ६ महिनामा शोधानान्तर घाटा ८५ अर्ब रुपैयाँ पुगेको छ । घाटा बढ्दै जाने देखेपछि अर्थमन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरुले विलासी सामानको आयातमा विशेष कडाइ गर्न थालेका हुन् । सरकारले महँगा गाडी र अखाद्य बस्तुहरुको आयातमा प्रतिबन्ध लगाउने गरी छलफल थालेको हो ।
उच्च आयातका कारण कुल विदेशी विनिमय सञ्चिति ७.९ प्रतिशतले घटेर ९ अर्ब २९ करोडमा झरिसकेको छ भने चालु खाता घाटा तीन महिनामै १ खर्ब १९ अर्ब ३३ करोड पुगेको छ । यसरी घाटा बढ्दै गम्भीर समस्या आउने देखेर केही कदम चाल्न बैंकरहरुसंग छलफल भइरहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।
विदेशी मुद्राको संचिति घटेपछि राष्ट्र बैंकले नेपालीहरुलाई विदेश घुम्न जाँदा लैजाने डलरमा समेत कडाइ गरेको छ । त्यस्तैगरी रोजगारीमा जाने नेपालीले ५०० डलरसम्म बोकेर जान पाउने ब्यवस्थालाई संशोधन गरेर २०० डलरमा झारिएको छ ।

यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि त्यस्ता वस्तुको आयात निरुत्साहित गर्न परिमाणात्मक बन्देज लगाउने गरी छलफल गरिरहेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाकै सुझावमा राष्ट्र बैंकले बैंकरहरुसंग छलफल थालेका हुन् । राष्ट्र बैंक स्रोतका अनुसार माघ महिना भित्रै केही समानहरुमा प्रतिवन्ध र परिणात्म बन्देज लगाउने तयारी गरिएको छ ।
अर्थमन्त्री खतिवडानै निर्देशनमा निजी सवारी साधनको ऋण लगानीमा कडाइ गरिसकेको छ । अहिले सवारी क्याव घटाएर ६५ प्रतिशतबाट ५० प्रतिशतमा झारिएको छ ।
सरकारले औद्योगिक उत्पादनलाई आवश्यक पर्ने कच्चा पदार्थ, अत्यावश्यक सामग्रीलगायतको आयातमा अझै नरम हुने निती लिएको छ । तर अनावश्यक रुपमा उपभोगका लागि आउने चकलेट, बिस्कुट, महँगा पर्फ्युम, शौन्दर्य सामाग्रिको आयातमा परिणानात्मक बन्देज लगाउने तयारी गरेको छ ।