महिला हिंसा अन्त्य हुनुपर्छ : डा. संग्रौला

मार्तडी, फागुन १० : नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महिला हिंसाका घटना न्यूनीकरणमा सामूहिक प्रयासको खाँचो औंल्याएकी छन्।
नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराद्वारा मार्तडीमा आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउन देशव्यापी अभियान सञ्चालन गरेको बताइन्।
उनले सुदूरपश्चिमका नौ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जनाउँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोपसमेत लगाइन्।
प्रकाशित मिति: १४:४५ बजे, सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











