सोमबार सुनको मूल्य स्थिर
काठमाडौं, फागुन १० : आइतबार ८०० ले वृद्धि भएको सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । सोमबार...
काठमाडौं, फागुन १० : आइतबार ८०० ले वृद्धि भएको सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।
सोमबार छापावाला सुन प्रतितोाला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो कारोबार दिन सुन तोलामा ८०० रुपैयाँले बढोत्तरी भएको थियो ।
सुनको मूल्य स्थिर रहेतापनि चाँदीको भाउ भने सोमबार वृद्धि भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३३० रुपैयाँ तोकिएको थियो ।
प्रकाशित मिति: १३:१२ बजे, सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
