भूकम्पले भत्किएका चार लाख घर अधुरै
काठमाडौं, जेठ १५ : भूकम्पले भत्किएका सबै घर पुनर्निर्माण हुन सकेको छैन्। अझै चार लाख ४२ हजार चार सय १६ घर पुनर्निर्माण हुन बाँकि रहेको राष्ट्रिय पुनर्....

काठमाडौं, जेठ १५ : भूकम्पले भत्किएका सबै घर पुनर्निर्माण हुन सकेको छैन्। अझै चार लाख ४२ हजार चार सय १६ घर पुनर्निर्माण हुन बाँकि रहेको राष्ट्रिय पुनर्निमाण प्राधिकरणले जनाएको छ।
२०७२ वैशाख १२ गते आएको भूकम्पमा आठ लाख १८ हजार आठ सय ८५ घर पूर्णरुपमा क्षति भएका थिए। तिमध्ये चार वर्षको अवधिमा तीन लाख ६ हजार चार सय ३५ घर मात्र पुनर्निर्माण भएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले सार्वजानिक गरेकोे आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण अनुसार, झण्डै पाँच लाख घर बनाउन बाँकी रहेको उल्लेख छ।
प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को फागुनसम्ममा सात लाख ५७ हजार एक सय १३ घर निजी आवाज पुनर्निर्माणका लागि सम्झौता गरेको छ। भूकम्प गएको वर्ष २०७२/७३ मा दुई लाख ७८ हजार घर पुनर्निर्माणका लागि सम्झौता गरेको थियो।
निजी आवास निर्माणका लागि २०७५/७६ मा आठ लाख पाँच हजार आठ सय ७४ परिवारले पहिलो किस्ता माग गरेका थिए। जसमा तीन लाख सात हजार आठ सय ६५ परिवारलाई भुक्तानी गरिएको छ।
त्यस्तै चार लाख १४ हजार तीन सय ३२ ले दोस्रो किस्ता माग गरेकोमा तीन लाख आठ हजार नौ सय ७८ निजी आवास निर्माणका लागि भुक्तानी दिइएको छ।











