Kathmandu Press

सेयर लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले ल्याउँदै छन् विशेष अफर

काठमाडौं, जेठ १५ : सेयर बजारप्रति अनुदार भएको आरोप लागेका अर्थमन्त्री डा. युवराज खतिवाडले सेयर लगानीकर्ताहरुलाई आगामी आर्थिक वर्षको बजेटमा विशेष अफर द....

सेयर लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले ल्याउँदै छन् विशेष अफर

काठमाडौं, जेठ १५ : सेयर बजारप्रति अनुदार भएको आरोप लागेका अर्थमन्त्री डा. युवराज खतिवाडले सेयर लगानीकर्ताहरुलाई आगामी आर्थिक वर्षको बजेटमा विशेष अफर दिने भएका छन्।

आज संसदमा पेश हुने आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत सेयर बजारको पूँजीगत लाभकरको मुद्दालाई टुंग्याउने भएका छन्।

सेयर बजारको विषयमा बारम्बार अर्थमन्त्रीलाई जोडेर आलोचना हुन थालेसँगै बजेटबाटै पूँजीगत लाभकरलाई अन्तिम रकम मान्ने गरी नयाँ ब्यवस्था गर्न लागिएको जनाएको छ।

पूँजीगत लाभरको विवाद समाधानका लागि बनेको अध्ययन समितिले दिएको सुझावकै आधारमा वेटेज एन्ड एभरेज ‘भारित औषत’का आधारमा कर निर्धारण गरिने भएको हो।

सेयर बजारको सुधारका लागि के गर्न सकिन्छ भन्दै अर्थमन्त्रालयले ब्रोकर, नेप्से र नेपाल धितोपत्र बोर्डमा सुझाव माग गरेको थियो। यी तीनै निकायले दिएको सुझावका आधारमा पूँजीगत लाभकरलाई अन्तिम कर मान्न अर्थ मन्त्रालय तयार भएको हो।

अब हकप्रद र बोनस सेयरमा ‘भारित औषत’का आधारमा कर निर्धारण गरिनेछ। सरोकारवाला निकायले पूँजीगत लाभकर ७.५ प्रतिशत नै कायम राख्ने र यसैलाई अन्तिम करको रुपमा गणना गर्नु पर्ने सुझाव दिएका थिए।

व्यक्तिगत रुपमा आर्जन हुने आम्दानीमा सेयर बजारको आम्दानीलाई जोड्न नहुने सुझाव दिइएको थियो। पूँजीगत लाभकरको रुपमा भुक्तानी गरिसकेपछि यो आम्दानीलाई पुनः व्यक्तिगत आम्दानीमा जोड्दा व्यक्तिगत आयको सिलिङ बढ्ने र दोहोरो करको मारमा परिने भन्दै प्यानमा जाने विषयलाई लिएर साधारण लगानीकर्ताले विरोध गर्दै आएका थिए।

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, जेठ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्