Kathmandu Press

रौतहटमा हवाइ फायर गरेर काठ बरामद

रौतहट, फागुन ९ : रौतहटमा हवाइ फायर गरेर काठ बरामद गरिएको छ। हवाइ फायर गरेपछि काठ तस्कर भने भागका छन्।डिभिजन वन कार्यालय, रौतहटको...
रौतहटमा हवाइ फायर गरेर काठ बरामद

रौतहट, फागुन ९ : रौतहटमा हवाइ फायर गरेर काठ बरामद गरिएको छ। हवाइ फायर गरेपछि काठ तस्कर भने भागका छन्।

डिभिजन वन कार्यालय, रौतहटको गस्ती टोलीले शनिबार राति चन्द्रपुरको वन क्षेत्रबाट काठ बरादम गर्दा हवाइ फायर गरेको हो। चार राउन्ड हवाइ फायर गर्नु परेको डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले बताए।

आत्मसुरक्षाका लागि हवाइ फायर गर्नु परेको उनले बताए। काठ तस्कर भने गाडी र काठ छोडेर भागेको सिंहले बताए।

वनको टोलीले चन्द्रपुर नगरापलिका–१ स्थित पौराई सब डिभिजनअन्तर्गत नुनथर क्षेत्रबाट काठसहित बा १६ च २२३३ नम्बरको जीप नियन्त्रणमा लिएको छ।

चिरान साल जातको ४६ थान अर्थात ५३.८२ क्युफिट काठ बरामद गरिएको उनले बताए। यसको मूल्य दुई लाख ७० हजार पर्ने उनको भनाइ छ।

 

प्रकाशित मिति: १८:०० बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्