Kathmandu Press

आज ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन ९ : आज देशभर थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन हजार तीन सय २५...
आज ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन ९ : आज देशभर थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन हजार तीन सय २५ जनाको पीसीआर परीक्षण गर्दा ८० जनामा कोरोना पुष्टि भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार तीन सय ४३ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा एक सय २१ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या दुई लाख ६९ हजार आठ सय ७६ पुगेको छ।

अहिले सक्रिय संक्रमितको संख्या एक हजार चार सय ९४ मात्रै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

अहिलेसम्म कोरोनाबाट दुई हजार ६१ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १७:३६ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्