Kathmandu Press

सिमेन्टमा शतप्रतिशत अन्तशुल्क बढ्ने

काठमाडौं, जेठ १५ : सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत सिमेन्टको अन्तशुल्क शतप्रतिशत बढाउने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिव....

सिमेन्टमा शतप्रतिशत अन्तशुल्क बढ्ने

काठमाडौं, जेठ १५ : सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत सिमेन्टको अन्तशुल्क शतप्रतिशत बढाउने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा पेश गर्ने बजेटमार्फत सिमेन्टको अन्तशुल्क प्रतिबोरा १० रुपैयाँ बढाउन लागेको हुन्। सरकारले सिमेन्टमा प्रतिबोरा १० रुपैयाँ अन्तशुल्क लिँदै आएकोमा एक सय प्रतिशत बढेर २० रुपैयाँ पुग्नेछ।

स्रोत बढाउन सिमन्टमा अन्तशुल्क बढाउने लागिएको जनाएको छ। सिमेन्टमा अन्तशुल्क बढाउँदा सरकारलाई थप चार अर्ब राजस्व संकलन हुने छ भने त्यसको मारमा उपभोक्ता पर्ने छन्।

सिमेन्टको बजार मूल्य घटेर पीपीसीको प्रतिबोरा ६ सय र ओपीसीको आठ सय रुपैयाँ छ। अन्तशुल्कको बृद्धिसँगै सिमेन्टको मूल्य पनि बढ्ने निश्चित भएको छ।

 

प्रकाशित मिति: १२:३० बजे, बुधबार, जेठ १५, २०७६